रौतहट ।। रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। मृतक दुवैजना अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित  नुनथर गएका थिए । टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार ठक्कर दिएको थियो । अम्लेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले बागमतीको नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनीहरुको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए। दुर्घटनामा टेम्पो चालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनीसहित घाइते भएका छन् । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। अटोलाई ठक्कर दिने ट्यांकरका चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here