काठमाडौं ।। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि अर्धनग्न भएर प्रदर्शन गरेका छन्।
पाँचजनाको समूहमा रहेका उनीहरू ‘नो एमसीसी’ लेखिएको पोस्टर शरीरमा टाँसेर अर्धनग्न अवस्थामा प्रधानमन्त्री निवासको पूर्वी गेटअगाडि नारा लगाउँदै पुगेका थिए।प्रधानमन्त्री निवासको गेटसम्मै नारा लगाउँदै पुगेका उनीहरूलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। उनीहरुले नो एमसीसी, देश बेच्ने हामी होइन दलालहरू हुन्, भ्रष्चारीहरूलाई समात्, गोली होइन रोटी दे रोटी दे जस्ता नारा लगाएका थिए।
नारा लगाउँदै अर्धनग्न उनीहरूलाई तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। श्राेत- नेपाल खबर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here