राैतहट ।। चक्कू प्रहार गरी हत्या गरिएको घटनाका दुइ जना आरोपित माथि मुद्दा नचलाएको भन्दै पीडि़त परिवारले जिल्ला सरकारी वकील कार्यालय घेराउ गरी आइतवार विरोध प्रदर्शन गरेका छन ।
चाकु प्रहार गर्दा गंभीर रुपमा घाइते भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ६ निवासी २० वर्षीय राहुल साहको उपचारको क्रममा गएको कार्तिक २७ गते बिहान निधन भएपछि ४ जना माथि दिएको दिएको कीटाणी जाहेरीको आधारमा जिल्ला सरकारी वकील कार्यालयले २ जना माथि मात्र मुद्दा चलाएकोले पीडि़त परिवारले सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।
कार्तिक २४ गतेका दिन स्थानीय राजदेवी नगरपालिका ७ मा रहेका नेमधारी बासुदेव नमूना विद्यालयले शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको संस्कृति कार्यक्रम हेर्न गएका युवक राहुल साहलाइ बिद्यालय बाहिर रहेका महादेव मन्दिर नजिक स्थानीय वड़ा नम्बर ६ निवासी मनीस साह बनिया सँगै मोटरसाइकलमा गएका राहुल साह बनियाले चक्कू प्रहार गरेका थिए ।
घटना स्थलमा घाइतेले पक्राउ गरेका राहुल साह बनिया समेत मनीस साह गुप्ता , मुकेश साह गुप्ता र नरेश साह गुप्ता माथि मृतकका बूबा नागेन्द्र साहले जाहेरी दीदा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा तत्काल प्रमाणबाट दुइ जना दोषी देखिएकोले राहुल गुप्ता र मनीश गुप्तामा जिल्ला सरकारी वकील कार्यालयले अभियोग पत्र दायर गरी रौतहट जिल्ला अदालतमा पेश गर्दा घटना स्थलमा पक्राउ परेका राहुल गुप्तालाइ कारागार चलान गरेकोमा गुप्ता कारागारमा रहेका छन भने मनीश गुप्ता फरार रहेका छन ।
पीडि़त परिवारले मुख्य योजनाकार मुकेश साह गुप्ता तथा नरेश गुप्ता रहेकोले त्यस माथि मुद्दा नचलाएको आरोप लगाएका छन । आर्थीक चलखेलमा दुइ जना माथि मुद्दा नचलाउने निर्णय गरेको अशंका मृतकका बूबाको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले शुरूमा १ जना माथि ज्यान मार्ने उद्योग मुद्दाको जाहेरी दिएको पीडि़त परिवारले उपचारको क्रममा निधन भएपछि ४ जना उपरमा जाहेरी दिएको भन्दै अनुसन्धान गर्दा २ जनाको लोकेसन काठमांडू देखाएको आधारमा तत्काल संकलित प्रमाणबाट २ जना माथि मुद्दा नचल्ने पछि प्रमाण फेला परे पूरक अभियोजन दिने भनी राय प्रतिबेदन दिएको बताएका छन ।
बाकी रहेका आरोपित माथि मुद्दा चलने कÞानूनी बाटो रहेको प्रमाण संकलन भएपछि कÞानूनी कार्यवाही हुन सकिने प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ रहेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश हत्या आरोपित २ जना माथि मुदा नचलाएको भन्दै पीडि़त परिवारद्वारा सरकारी वकील...
हत्या आरोपित २ जना माथि मुदा नचलाएको भन्दै पीडि़त परिवारद्वारा सरकारी वकील कार्यालय घेराउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।