काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो। त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेपछि ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ। आज भएको उक्त दीक्षान्त समारोह अवलोकन गर्न ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधि नेपाल आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्नेसमेत प्रतिबद्धता जनाएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here