सर्लाही ।। सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका-८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका-५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परेका हुन् । आइतबार दिउँसो १ बजेतिर उनी मृत फेला परेको सर्लाहीका प्रहरी प्रक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए । उनको मुखबाट फिज आएको र शरीरमा कतै कुनै घाउचोट नदेखिएकाले अत्यधिक लागऔषध सेवनको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी थारुले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।