विराटनगर ।। कोशी प्रदेशको प्रदेश सभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ । गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए ।
उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल सुरु गरिएको बताइन् । अब प्रदेश सभाको अर्को बैठक बुधबार बस्दैछ । उपसभामुख दनुवारले बुधबारको प्रदेश सभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैकालागि दलहरूसँग छलफल गरिरहेको बताइन् ।
कोशीमा राप्रपाले सभामुखमा दाबी गर्ने जनाएको छ । त्यसो त सत्ता गठबन्धनले पहिले नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।
कोशी प्रदेशमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।