काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्व सरकारले स्थानीय सरकारको जग मजबुत बनाएकाे बताएका छन्। शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौं महानगरले तीन दशकमा आमूल परिवर्तन गरेको अनुभूति पाएकाे पनि बताए। ‘मेरो नेतृत्वको सरकारले स्थानीय सरकारको जग मजबुत बनायो, स्थानीय तह सरकारका लागि स्रोत साधनको व्यवस्था र अधिकारका विषयमा काम गर्ने विश्वास व्यक्त गर्दछु’, उनले भने। संघीय कानून निर्माणमा पहिलो प्राथमिकता रहेको उनको भनाइ छ। उनले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणासमेत प्राप्त गरेको बताएका छन् ।





