जनकपुरधाम ।। पोखरामा सम्पन्न केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन् ।
मुख्यमन्त्री यादवले बुधबार खेलाडी एवं पदाधिकारीहरुलाई सम्मान गर्दै प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको पूर्वाधार विकास गरिने बताए ।
मुख्यमन्त्री यादवले विजयी टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख प्रदान गरिने घोषणा पनि गरे ।
मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामाशीष यादव र प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरुलाई सम्मान गरेका थिए । उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामअशिष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए ।
पोखरामा मंसिर १५ गते भएको फाइनल खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।
केपी ओली कप क्रिकेटको उपाधि जित्ने खेलाडीलाई सम्मान,टिमलाई पाँच लाख दिने घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।