सर्लाही ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका जनप्रतिनिधिहरूबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो। गाउँसभा नभएपछि गाउँपालिकाका शिक्षक एवं कर्माचारीको तलब समेत चार महीनादेखि रोकिएको छ। तलब नपाएर उनीहरू आन्दोलनमा उत्रिएको छन्। वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने सामाजिक सुरक्षा भत्ता नपाएर वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ।
राजनीतिक खिचातानी र जनप्रतिनिधिहरूबीचको आपसी विवादका गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महीना बितिसक्दा पनि हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महीनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ ।
गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका छन्।
जनप्रतिनिधिहरूबीच विवाद भएपछि गाउँसभा अवरुद्ध
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।