रौतहट ।। रौतहटको गाैरमा रहेका राम जानकी मठको पुनः निर्माण कार्यको आज शिलान्यास गरिएको छ । गौर नगरपालिका वाड नं. ७ सिसवामा अवस्थित रामजानकी मठको नगर प्रमुख शम्भु साहले शिलान्यास गरेका छन् । जिर्ण अवस्थामा रहेको रामजानकी मठलाई निमार्णको लागि शिलान्यास भएको छ । धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम परंरागत रुपमा समाजमा ब्याप्त रहेका नैतिक ब्यवहारहरुको संरक्षण एवम जगेर्नाको लागि मठको भवन निर्माण कार्यको शुभारम्भ भएको छ। मन्दिर शिलान्यास पछि संक्षिप्त प्रतिक्रिया दिदै नगर प्रमुख साहले मन्दिर निर्माण तथा साैन्दर्यकरणकाे लागि नगरपालिकाले हर सम्भव गर्ने बताए । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष हरिशंकर पाण्डेय सहित स्थानीय सामाजसेवी एवम बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

सिसवामा जिर्ण अवस्थामा रहेको रामजानकी मठ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here