रौतहट ।। रौतहटमा एक युवकको शव फेला परेको छ। गौर गंगापिपरा सडक खण्डमा पर्ने झाझ खोलामा निर्माणाधिन पुलको पिलरको रिंगमा फेला परेका युवकको शव अरबीन्द सहनीको रहेको पहिचान खुलेको छ । माधवनारायण नगरपालिकाको लौकाहा घर भई दुर्गा भगवती ३ मा मामाघरमा बस्दै आएको अरबीन्द सहनीको शव रहेको प्रहरीले पुष्टि गरेको हो । तपलाल सहनीको नाति सुखिया देवीको २१ बर्षको छोरा अरबीन्द सहनको शव रहेको छ । पिलरको रिंगबाट शव बाहिर निकालेर उसको पर्समा रहेका कागजातबाट मृतकको पहिचान खुलेको बताइएको छ । युवक अरबीन्दको कुन कारण हत्या भएको हो त्यस वारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here