काठमाडौँ ।। राजतन्त्र फर्काउने लगायत अजेन्डासहित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् । ‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने । प्रसाईको अगुवाइमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनमा तनाव उत्पन्न भएको छ। प्रदर्शनकारीहरुले निषेधित क्षेत्रमा प्रवेशका लागि प्रहरीविरुद्ध ढुंगामुढा गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरासहित अश्रुग्यास समेत प्रहार गरेको छ। केही प्रदर्शनकारीमाथि प्रहरीले लाठी समेत चार्ज गरेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।