काठमाडौं ।। विवादित पप्पु कन्स्ट्रक्सका मालिक हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। पर्साको पोखरियामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टीमा प्रवेश गराए । पूर्व सांसदसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य रौनियारले ठेक्का लिएका विकास निर्माणका अधिकांश काम समयमा पूरा नगरेको भन्दै अत्यधिक विवादमा पर्दै आएका छन् । विसं २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियार कन्स्ट्रक्सनका कारण सांसद पदबाट निलम्बित भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here