विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय संसद्बाटै प्रदेशलाई होच्याउने काम भएको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा सांसदको प्रश्न मुख्यमन्त्रीको उत्तर कार्यक्रममा मुख्यमन्त्री कार्कीले उक्त आरोप लगाएका हुन् ।
‘कहिले प्रदेशलाई तुच्छ शब्द गर्ने र कहिले प्रदेशलाई गन्दै नगन्ने प्रायोजित कुरा गरेर बिताएको छ। कहिले प्रदेशमा माननियज्यूहरुलाई समेत ओझ घट्नेगरी मर्यादाक्रम बनाउने। कहिले प्रदेशलाई होच्याउने काम संघीय संसद्बाट सुनेकै छौँ,’ सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले भने ।
कार्कीले प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माणमा संघले बिलम्व गरेरे सरकार बनाउने गिराउने खेलमा लागेको पनि दाबी गरेका छन् ।
उनले अघि भने, ‘संघीय सरकारले प्रदेश र स्थानीय तहलाइ दिने अधिकारहरु बनाउने भन्दा सरकार बनाउने खेलमा लाग्यो ।’





