काठमाडौं ।। गत शुक्रबार गएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका जिल्लामा मधेस प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत सामग्री पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मधेस प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ६० लाखको राहत पठाउने निर्णय गरेको हो ।
राहत सामग्रीमा खाद्यान्न पठाउने निर्णय भएको हो । बैठकले चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाउने निर्णय गरेको मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here