काठमाडौँ ।। नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मधेश एमालेले गएराती जाजरकोटलाइ केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेश प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरेका हुन् । जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भूकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि मधेश एमालेले जनाएको छ ।
पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगञ्जमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here