काठमाडौं ।। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो काठमाडौंको गोठाटारमा ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
ब्राउनसुगर कारोबारी भन्ने थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । तर ,प्रहरीमाथि नै आक्रमणमा उत्रिएपछि प्रहरीले जवाफी फायर गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन्। प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका छन्। उनको तिघ्रामा चोट लागेको छ । प्रहरीले एकजना नेपालीलाई समेत पक्राउ गरेको छ।
प्रहरीले ती लागुऔषध कारोबारीको साथबाट तीन राउण्ड गोलीसहित पेस्तोल बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here