काठमाडौं ।। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिइएको छ । संसद सचिवालयले एक सूचना जारी गरी मंगलबारको संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदलाई निर्देशन दिएको हो । मंगलबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक आह्वान गरिएको छ । पोखरा र लुम्बिनी भ्रमण गरी काठमाडौं फर्केपछि गुटेरेसले संसदलाई सम्बोधन गर्ने समयतालिका छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here