रौतहट, भाद्र २६।
रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ६ कुड़िया बजारमा दोस्रो दिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरेका छन ।
मुस्लिमहरुको मुहर्रमको ताजिया मिलान गर्ने क्रममा हिन्दूहरुले मनाउने छठ पर्वको लागि बनाइएको श्रीसाप्ता फोडेर इस्लामिक झण्डा गरेको विषय लिएर बुधवार भएको प्रहरी सितको झड़पमा पहिलो दिन १० राउण्ड हवाई फायर गरेका प्रहरीले दोस्रो दिन स्थिति नियन्त्रण गर्नका लागि दर्जनौ राउण्ड आश्रु सेल तथा गोली फायर गरेका हुन ।
२८ गते दुवै समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी समक्ष छलफल गर्ने गरी सहमति भए पश्चात् प्रहरी माथि आक्रमण गर्न लाग्दा प्रहरीले एस एल आर बाट ८ राउण्ड तथा ग्यासगणबाट २३ गरी ३१ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताएका छन । झड़पमा पहिलो दिन १२ तथा दोस्रो दिन ७ गरी १९ जना घाइते भएका छन ।
छठ घाटमा गाडिएको झण्डा हटाउने विषयमा सहमति भएको र सहमति अनुसार झण्डा हटाइए पछि मुस्लिम समुदायले ढुङ्गा मूढ़ा गर्न थाले पछि सुरक्षाको लागि गएका सुरक्षाकर्मीहरुले सो हवाई फायर गरेको प्रहरीले जनाएका छन ।
हिन्दू र मुस्लिम समुदाय विच भएको सहमति अनुसार खोला किनारमा छठ पूजाको लागि श्रीसपता बनाइएको भए पनि मुहर्रम पर्वको दिन केहि मुस्लिम व्यक्तिहरु सधै ताजिया मिलान गर्ने ठाउँ रहेको भन्दै बुधवार त्यहा इस्लामिक झण्डा गाड़े पछि तनाव उत्पन्न भएको छ ।
स्थानीय वड़ाका वड़ा अध्यक्ष मोजरे आलमले नेतृत्व गर्दै दुइ समुदायको विच कायम रहेको सदभाव विगार्ने सडयंत्र गरेको स्थानीयहरुको आरोप रहेको छ ।
मुस्लिम समुदायका अगुवाहरुले गरिएको कार्यको घोर निन्दा गर्दै सदभाव कायम गर्न सवै सित अपील समेत गरेका छन । प्रमुख जिल्ला अधिकारी किरण थापाले अवस्था सामान्य रहेको जानकारी गराएका छन । कुनै किसिमको विबाद नहुने उदेश्यले सो ठाउमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here