रौतहट ।। राैतहटमा यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।काठमाडौँबाट माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको ना६ख १४६३ नम्वरको रात्रिबसले शुक्रवार विहान ५ बजेको माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा अाफ्नै घर अगाडि बसेर घुरो ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिएको थियो । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार बस सहचालकले चलाएका थिए । दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र छिरेको थियो। त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास घाइते भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिए । घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।बस र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here