काठमाडौं ।। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार भएको खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्याे। यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ।
टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन्। कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे। कुशल भुर्तेल ८ रनमा आउट भए। हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।