मुम्बइ ।। बलिउड सुपरस्टार सलमान खानको टाइगर थ्री फिल्मको पहिलो गीत ‘लेके प्रभुका नाम’को फष्र्ट लुक सार्वजनिक भएको छ । यो गीतको खास कुरा चाँहि के हो भने यसलाई चर्चित भारतीय गायक अरिजीत सिंहले गाएका छन् । यो सलमान खानका लागि अरिजीतले गाएको पहिलो गीत हो । यसले दुई स्टार्सबीचको युद्ध अब सकिएको संकेत गरेको छ । गीत अक्टोबर २३ मा रिलिज हुनेछ । टाइगर ३ चाँहि दिवालीको दिन अर्थात् नोभेम्बर १२ मा रिलिज हुँदैछ । फ्यानहरू दिन गनेर बसिरहेका छन् । यो फिल्ममा सलमान फेरि र एजेन्ट अविनाश सिंह राथौठ ऊर्फ टाइगरको भूमिकामा देखिँदैछन् । सलमान खानले अरिजीतलाई कालो सूचीमै राखेका थिए । अहिलेसम्म आफ्नो कुनै पनि फिल्ममा सलमानले अरिजीतले गाएको गीत राखेका छैनन् । यी दुईबीच सन् २०१४ मा झगडा सुरु भएको थियो । सलमान र अरिजीतबीच झगडाको कारण के थियो भने एउटा अवार्ड शोमा सलमान खान र रितेश देशमुख होष्ट थिए । अरिजीतले एउटा अवार्ड जिते । अवार्ड लिने क्रममा स्टेजमा दुईबीच ख्यालठट्टा भएको थियो । तर त्यो ठट्टा ‘इगो’को युद्धमा परिणत भयो । त्यतिबेला अरिजीत फिल्म इन्डष्ट्रीमा नयाँ थिए । गीत गाउने भ्याइ नभ्याई थियो उनलाई । आधी रात अवार्ड शोमा क्याजुअल पहिरन अनि चप्पलमै पुगे । उनको हुलिया देखेर सलमानले ‘तै हो विजेता ?’ भनेर सोधे । जवाफमा अरिजितले ‘तपाईहरूले सुताइदिनु भयो,’ भने । उनको सो जवाफ सलमानलाई मन परेन । उनी रिसाए । आफूले गल्ती गरेको महसुस गरेपछि अरिजीतले अवार्ड शो सकिएपछि सलमानसँग माफी मागे । तर कुरा बिग्रिसकेको थियो । अरिजीतसँग सलमान यति भड्किएका थिए कि किक फिल्मका लागि मित ब्रोजले अरिजीतसँग रेकर्ड गरेको गीत नै सलमानले फिल्ममा राख्न दिएनन् । त्यसपछि अरिजीतले सलमानसँग पटक पटक माफी मागे । तर उनले कहिले माफी पाएनन् । अरिजीतको यो गितले भने दुईबीच सम्बन्ध ठिक भएको संकेत गरेको छ ।

यो फिल्ममा सलमान दमदार एक्शनमा देखिनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here