जनकपुरधाम ।। मधेश प्रदेशका मुख्यमंत्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमंत्री यादवले भने ‘नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन’, ।
नागरिकको सुरक्षा तथा अमन चैनका लागि घामपानी केही नभनी खटिराखेका प्रहरीको निस्वार्थ सेवालाई उनले सलाम गरे ।
न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने बताउंदै उनले गीतामा भगवान श्रीकृष्णको भनाई उल्लेखगर्दै भने ‘असल मानिसको रक्षा र दुष्टलाई दंड नै प्रहरीको आदर्श हुनुपर्छ ।’
‘तपाईको डंडा र ओहदाले कुनै पनि निर्दोष मानिसको आत्मा कल्पिने काम नहोस्’ मुख्यमन्त्री यादवले आग्रह गर्दै भने ।
सोही अवसरमा प्रदेशका गृह, संचार तथा कानुन मंत्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप लागेपनि कानुनसम्मत काममा खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिए ।
यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासको स्मरण गरे । उनले विविध आरोह अवरोहका बीच कर्तव्य पथमा शहीद भएका अमर प्रहरीहरुप्रति श्रद्धांजलि एवं परिवार जनमा समवेदना व्यक्त गरे ।
शहीद परिवार जनलाई सम्मान गरिएको सो अवसरमा प्रहरीका सन्तानहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here