राैतहट ।। राैतहटकाे चन्द्रपुर बेवारिसे शव फेला परेको छ । आईतवार दिउँसो १२ बजेकाे समयमा चन्द्रपुर नगरपालिका –४ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने लमहा खाेलामा शव फेला परेको हो ।
अन्दाजी ४०/४२ वर्षको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता डिएसपी दामाेेदर केसीले जानकारी दिनुभयो । ।
डिएसपी केसीका अनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले प्रारम्भीक अनुसन्धानका कार्यहरु पुरा गरी उक्त शव प्रादेशिक अस्पताल रौतहट,गौरको शव गृहमा राखिएकाे छ ।
उक्त शवकाे हुलिया ठिकको शरिर,उचाई ४ फिट ४ ईन्च, कालो रंगको भेष्ट र दाँया हातमा रातो चुरा लगाएको,कपाल छोटो,हेर्दा मंगोलिएन मुलको जस्तो देखिने अन्दाजी बर्ष ४०/४२ को महिला रहेकाे ईप्रका चन्द्रनिगाहपुरले जनाएको छ । उक्त मृत लाश चिन्नु हुने व्यक्ति तथा मृतकको आफन्तले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नहुन अनुरोध गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here