जनकपुरधाम ।। एक सातापछि आज दिउँसो २ बजेका लागि मधेस प्रदेशको प्रदेशसभाको बैठक आव्हान गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिएकाे हो ।
गत असार ३१ गते मधेस प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले पहिलो अधिवेशनको अन्त्य गरेसँगै करिब तीन महिना पूर्ण बैठक बस्न सकेको थिएन । असोज २३ गते प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठक बसेको हो । त्यसअघि भदौ २६ गते प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो ।
असोज २० गते बसेको बैठकले दक्षिण इजरायलमा हमास समूहको आक्रमणबाट मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभाको कामना गरेको थियो । सोही बैठकबाट मधेस प्रदेशसभा सदस्यको स्थान रिक्तताबारे सूचित समेत गरिएको थियो ।
आजको बैठकमा प्रदेश कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापतिको निर्वाचन मिति तोक्ने लगायतका कार्यसूची रहेको प्रदेश सचिव यादवले जानकारी दिए ।
आज मधेस प्रदेशको प्रदेशसभाको बैठक बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।