बैतडी ।। बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसूस गरिएको छ । 
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।
भूकम्प धक्का महसूस गरिए पनि क्षतिबारे भने जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पछिल्ला केही दिन यता पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ। गत असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा तलकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केल तथा ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी बझाङमा एक जनाको मृत्यु भएको थियो भने कैयौं घर क्षतिग्रस्त भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here