रौतहट, भाद्र २६ । नेपाल भारत प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन स्वीकार्य नहुने राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य एवम् रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले बताउनु भएको छ ।
प्रबुद्ध समुहले नेपाल भारतको सदियौ देखि चलि आएको वेटी रोटीको सम्बन्धमा ब्रेकप लागउने उदेश्यका साथ तयार गरेको प्रतिवेदन तराई मधेशको लागी अस्वीकार्य रहेको सांसद झाले बताएका छन् ।
गौरमा भएको समितिको प्रतिवेदन माथीको औपचारिक छलफमा साँसद झाले यो विषय समग्र तराई मधेशीको समस्या भएकोले सवैले यो प्रतिवेदनको खारिजी गराउन अगाडी आउनु पर्ने बताए ।
समितिमा एउटा पनि सदस्य सिमा क्षेत्रका व्यक्ति नभएकोले यस क्षेत्रका समस्याहरुको के हो र त्यसको उपाय के कस्ता हुन्छ त्यसवारे जानकारी नै नभएका व्यक्तिहरु समिलित समितिको प्रतिवेदन स्वीकार्य नगर्ने समेत सवै संग साँसद झा आग्रह गरे ।
विभिन्न वहानामा मुलत मधेश आन्दोलन दवाउने र तराई मधेश वासीको भारतबाट सम्बन्ध विछेद गराउन नेपालको आग्रहमा समिति गठीत गरिएको थियो । प्रतिवेदनमा नेपाल भारत सिमाको १७ सय किलो मिटर क्षेत्रमा तारवार लगाउने, सिमित स्थान बाट परिचय पत्र मार्फत ओहोर दोहोर गर्न ब्यब्स्था गर्ने सुझाव समेटिएको छ । यसरी तयार पारिएको प्रतिवेदन लागू भए करोडौं नागरिक प्रभावित हुने निश्चित छ ।
प्रतिवेदनमा खासगरी सन् १९५० का केही महत्त्वपूर्ण बुँदाहरू परिवर्तन लगायत आतङ्कवाद, लागुपदार्थ ओसारपसार, नक्कली नोटका समस्या लगायत सीमा सुरक्षाको खतरा देखाई, सीमा वारपार गर्न परिचयपत्रको व्यवस्था गर्ने सुझाव दिईएको हो ।
यो प्रतिवेदन कार्यन्वयन भयो भन्ने नेपाल भारतको सिमाबाट सहज रुपमा भैरहेको अवागमनमा असहज हुने पक्का हो । त्यसैले यस प्रतिवेदनलाई दराजमा थन्कयाउनुको लागि सर्घषको विकाल्प मधेशी संग नरहेको देखिन्छ ।
Home प्रदेश समाचार मधेश प्रदेश वेटी रोटीको सम्बन्धमा ब्रेकप गर्ने खोजिएकोले समितिको प्रतिवेदन तराई मधेशलाई स्वीकार्य नहुने...
वेटी रोटीको सम्बन्धमा ब्रेकप गर्ने खोजिएकोले समितिको प्रतिवेदन तराई मधेशलाई स्वीकार्य नहुने :- सांसद झा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।