काठमाडाैं ।। भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएकाे रेल दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा १ सयजना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो ।
बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।





