मुम्बइ ।। दक्षिण भारतिय अभिनेत्री नयनताराको लोकप्रियता त्यतिबेला बढ्यो जब उनी शाहरुख खानसँग फिल्म ‘जवान’ मा देखिएकी थिइन् । यस फिल्ममा उनको स्वैग र अभिनयले सबैलाई प्रभावित बनाएको थियो । अहिले उनको बलिउडमा राम्राे फ्यान फलोइङ छ । फ्यानहरू उनलाई अर्को बलिउड फिल्ममा हेर्न चाहन्छन् र यसैबीच उनी सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘बैजु बावरा’मा देखिने खबर पनि आइरहेका छन् । भन्सालीको भव्य फिल्ममा नयनतारालाई हेर्न पाउँदा सिनेमा प्रेमीहरूका लागि कति रोमाञ्चक हुनेछन्, अब कल्पना गर्नुहोस्। भारतिय सञ्चार माध्यमका अनुसार नयनतारालाई शाहरुख खानको साथ ‘जवान’ मा देखियो र मन पराइयो। उनलाई सञ्जय लीला भन्सालीको पिरियड ड्रामा फिल्म ‘बैजु बावरा’ मा उत्कृष्ट भूमिकाका लागि अप्रोच गरिएको थियो । तर, नयनताराले अहिलेसम्म यो प्रोजेक्टमा हो भनेकी छैनन् । दुवै पक्ष सर्तमा काम गरिरहेका छन् र छिट्टै टुंगो लाग्न सक्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here