रौतहट ।। रौतहटको गौर नगरपालिकाले वडा न .१ मा रहेको शिवालय पोखरीमा मोटर बोट सञ्चालनमा ल्याएको छ ।
चालक सहित १० सिट क्षमताको सो बोटको गौर नगरपालिकाका मेयर शम्भू साहले सोमबार उदघाटन गरेपछि संचालनमा आएको हो।
गौर नगरवासी तथा जिल्लावासी साथै बाह्य पर्यटकलाई पनि आकर्षित गर्न पोखरी सौन्दर्यीकरण पश्चात बोटिङ्ग सेवा शुरु गरेको मेयर साहले बताउनु भएका छन् ।
‘गौर नगरपालिकामा भएका पर्यटकिय स्थलहरुको प्रवर्दनका लागी नगरपालिकाले काम गरिरहेको छ ।’ गौर नगरपालिकाका मेयर साहले भने, ‘व्यापार व्यवसायमा आर्थिक मन्दी देखिएको बेला सिमाक्षेत्रमा भारतीय पर्यटकहरुलाई भित्राउदा केही हदसम्म व्यापार बढन सक्छ ।’
पोखरीको किनारमै गौर नगरपालिकाले खुल्ला व्यामसालाको व्यवस्था समेत गरेको छ । पोखरी सौन्दर्यीकरण भएर व्यवस्थीत भए पछि बिहान बेलुका घुम्न आउनेको संख्या बढेको छ ।एक यात्रुको चार राउन्ड घुमेवापत १५० शुल्क लाग्ने प्रमुख प्रशासकिय अधिकृत सुबास ठाकुरले बताउनु भयो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here