काठमाडौँ ।। व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनलाई अज्ञात व्यक्तिले मोसो दलेका हुन् । काठमाडौँको जमलस्थित एक होटेलमा उनले पत्रकार सम्मेलन गरेका थिए। प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।