टीकापुर ।। प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा  परी केही विद्यार्थी घाइते र मृत्यु भएपछि टीकापुरमा विद्यार्थीले मौन र्‍याली निकालेका छन् । इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको छिटो उद्धार होस् भन्दै आज बिहान टीकापुरमा विद्यार्थीले मौन र्‍याली निकालेका छन्। विभिन्न प्ले कार्ड बोकेर १ हजारभन्दा बढी विद्यार्थी मौन र्‍यालीमा सहभागी भएका हुन्। विद्यार्थीको मौन र्‍यालीमा अभिभावक पनि सहभागी भएका छन् । उनीहरुले तत्काल इजरायलमा रहेका विद्यार्थी र नेपालीलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।
उनीहरुले ‘एक सरकार दुख्छ कि नाई ?’, ‘ ए सरकार कृषिलाई सपार्छस् कि कृषि कै नाममा मार्छस्’ ,‘सरकार कहाँ छ’ जस्ता प्लेकार्ड बोकेर सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश जना विद्यार्थीको इजरायलमा हत्या भएको, चार जना घाइते भएको र एक जना हराइरहेकाले यहाँका विद्यार्थी र अभिभावकहरु छटपटीमा छन् । हाल इजरायलमा रहनुभएका निश्चल पाण्डेका बुबा उत्तम पाण्डे मेरोलगायतका सयौं छोराछोरी बङ्करमा लुकेर बसेको खबर पाउँदा छटपटी भएको बताउनुभयो । त्यहाँ फसिरहेकाको चाँडो उद्धार गरी सकुशल घर पुर्‍याउन उहाँले अपिल गर्नुभयो । अर्का विद्यार्थी सुष्मा रेग्मीका बुबा डिल्लीरमण रेग्मी आफ्ना छोरीलगायतका चार जनाले खान पाएको तर बङ्करमा बसिरहेकाले र उनीहरु आत्तिरहेकाले छिटो घर फर्काउन सरकारसँग अनुरोध गर्नुभयो । अग्रज विद्यार्थीको हत्या भएको र बाँचेकाहरु पनि समस्यामा रहेकाले आफूहरुलाई पनि पढन मन नलागेको उहाँहरुको भनाइ छ । मौन ¥याली गरेको स्नातक तह कृषि विज्ञान सङ्काय दोस्रो वर्षका विद्यार्थी गुरुप्रसाद अधिकारीले आफ्ना साथीहरु इजरायलमा फँसिरहँदा चिन्ता लागेको बताउनुभयो । कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरूमध्ये १० जना छात्रा छन्। उनीहरू १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए। विद्यार्थीले लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रमअन्तर्गत पहिलोपटक विद्यार्थी पठाएको थियो।  इजरायलमा ज्यान गुमाउने सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयका छन् । इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेका छन्। राजदूतावासका अनुसार ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सकुलस छन्। विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा सकुशल छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेको रिजालले बताइन्। इजरायलमा फसेकाहरु आफूले भोगेको समस्या देखाउँदै घटना भएको तीन दिनसम्म पनि उद्धार नहुँदा दुःख लागेको भन्दै सामाजिक सञ्जालबाट उद्धारको आग्रह गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here