काठमाडाैं ।। चीनको हाङझाउमा आज १९औं संस्करणको एसियाली खेलकुदको समापन हुँदैछ। एसियाली खेलकुदमा ४५ देशका १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरे। जसमा आयोजक चीनले २०१ स्वर्ण, १११ रजत र ७१ कास्य गरी कुल ३८३ पदक जित्यो। चीन एसियाली खेलकुदको एकै संस्करणमा २ सय बढी स्वर्ण जित्ने पहिलो राष्ट्र बन्यो । पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी कुल १८८ पदक जित्यो । तेस्रो स्थानको दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कास्य गरी १९० पदक जित्यो ।
यसपटक छिमेकी भारतले एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्‍यो । भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कास्य गरी कुल १०७ पदक जित्यो । भारत पदक तालिकाको चौथो स्थानमा रहन सफल भयो ।
खेलकुदमा २७ देशले स्वर्ण जिते । नेपालले पदक तालिकाको ३४ औं स्थानमा रह्यो। नेपालका लागि एरिका गुरुङले करातेबाट रजत र महिला कबड्डी टिमले कास्य जित्यो । नेपालले सन् २००६ पछि पहिलो पटक दुई पदक जितेको हो । पछिल्ला तीन संस्करणमा नेपाल एक एक पदकमा मात्र सीमित बनेको थियो । पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here