जनकपुर ।। विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । असोज १२ गते जनकपुरधाममा निकालिएको एक र्‍यालीमा धर्मगुरु आचार्यले उत्तेजित अभिव्यक्ति र खुकुरी प्रदर्शन गरेका थिए । सोही घटनालाई लिएर उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षाविरुद्धको मुद्दा दर्ता गरेको जिल्ला प्र्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालले जानकारी दिए । सुनसरीको बराह क्षेत्रबाट पक्राउ परेका आचार्यलाई बुधबार नै धनुषा ल्याइएको थियो । आचार्यले आवेगमा आएर आफूले यस्तो अभिव्यक्ति दिएको र गल्ति भएको प्रहरी समक्ष बयानसमेत दिएको प्रहरी नायव उपरीक्षक अवालले जानकारी दिए । यता, जनकपुरधाममा साधुसन्त समाजले आचार्य श्रीनिवासलाई बिनासर्त रिहाइको माग गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here