वीरगञ्ज ।। वीरगञ्जस्थित बाल सुधार गृहबाट शुक्रवार फरार भएका दुईजना बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज ४ बिर्तामा रहेको सुधार गृहमा लगाइएको काँडेतार काटेर छतबाट हाम फालेर फरार भएका दुवैलाई अलग अलग स्थानबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक दावा शेर्पा र प्रहरी नायब निरीक्षक विनोद काफ्लेको नेतृत्वमा छुट्टाछुट्टै खटिएको प्रहरी टोलीले शनिबार राति एक जनालाई र अर्कोलाई आइतबार पक्राउ गरेको शाहले बताए । एक जनालाई बिहारको सीतामढीबाट र अर्कोलाई बिहारकै मधुवनीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएका थिए ।
प्रहरीका अनुसार शुक्रबार बिहान सुधारगृहबाट भागेका दुवै बालकैदीहरु वीरगञ्जको मुख्य भन्सार नाका शंकराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसि टिभीमा रेकर्ड भएको थियो । उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली उनिहरुलाई खोज्न सर्लाही र सिरहाको सीमा क्षेत्र गएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here