काठमाडौँ ।। काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सरकारसँग सहमति भएको केही घण्टाभित्रै आइतबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका नेफ्रो विभागको ओपीडी डा. मनीषसहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो । डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका खुलेको छ । मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन् । आन्दोलनका कारण अस्पताल पनि ठप्प छ । सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।