काठमाडौं ।। सभामुख देवराज घिमिरेले संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० नियमित प्रक्रियाबाट अघि बढ्ने बताएका छन् ।
आयरल्यान्डको भ्रमण सकाएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भव भए सहमति नभए प्रक्रियामा लगेर टुंगो लगाउने बताए ।
“विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ,” उनले भने, “विधेयकलाई छलफल गर्ने, बहस गर्ने सहमति खोज्ने विषयलाई सहमति गरेर टुंगो लगाउने सहमति नभएका कुराहरूलाई प्रक्रियाबाट टुंगो लगाउने भूमिका रहन्छ ।” विधेयकको विरोधमा देशभरका शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेका थिए । शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुदे सहमति भएको छ । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here