काठमाडाैं ।। नेपाल चिकित्सक संघले आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरेको हो । डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरेको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रेका हुन् ।
चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सन्जीव तिवारीले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन नदिने जनाएका थिए । चिकित्सकहरुले भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरु अबिलम्ब पत्ता लगाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।
भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघले उठाएको माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न वार्ता समिति बनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here