वीरगञ्ज ।। वीरगञ्जमा पनि ५९ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । वीरगञ्ज महानगरपालिकाको आयोजनामा शुक्रवार विभिन्न स्कूलका विद्यार्थी तथा बालबालिकाको सहभागितामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ र्‍याली निकालेर बाल दिवस मनाइएको हो ।
घण्टाघर चोकबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर , घडीअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, महानगरपालिकाको बालबालिका समितिकी संयोजक कनिका कौशिक लगायत सहभागी थिए । र्‍यालीमा महानगर भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षकलगायतको उपस्थिति रहेको थियो । र्‍याली पश्चात् आयोजित कोणसभालाई वीरगञ्जका उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here