केपी अाेलीकाे फेसबुक वालबाट

काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल दिवसको अवसरमा शुभकामना दिएका छन्। शुभकामना दिँदै उनले हरेकलाई भविष्य प्यारो लाग्ने भएर आफूलाई बालबालिका प्यारा लाग्ने गरेको उल्लेख गरेका हुन्। दिवसको अवसरमा बालबालिकासँग बसेको फोटो सामाजिक सञ्जाल राख्दै ओलीले ओलीले बालबालिकाहरू भविष्य भएकाले आफूलाई अति प्यारो लाग्ने बताएका हुन्।
‘हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ– मलाई बालबालिका प्यारा लागेछन्, आज बाल दिवस–सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना’ ओलीले फेसबुकमा लेखेका छन्।
आफू बालबालिका प्रति आकर्षित हुने गरेको ओलीले उल्लेख गरेका छन्। ‘म कहिलेकाहीँ सोच्छु– म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन्। अन्तिममा म आफैँ बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु, म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ, यिनीहरूसँग लामो समय छ’, ओलीले लेखेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here