रौतहट ।। राैतहटका दुई पालिका गाैर नगरपालिका र इशनाथ नगरपालिकाका जाेडने पुल त्यहाँका जनताले भोग्दै आएको दुख कष्टलाई आत्मासथ गर्दै बर्षौ देखि लालबकैया नदीमा अलपत्र रहेका टिकुलिया पुल अन्ततः बन्ने भएका छन् ।
नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति तथा मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको पहलमा रौतहटको गौर नगरपालिका ४ टिकुलिया स्थित लाल बकैया नदीमा अलपत्र रहेका पक्कि पुलको निर्माण कार्य सुरु हुने भएका हुन् ।
पूल निर्माण गराऊनका लागी पत्रकार संजय सहनीले अनशन गरेको बेला रौतहट जिल्ला क्षेत्र नम्बर १ को सांसद एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले, अनशनरत पत्रकार सहनीलाई जूश खूवाई यो आर्थिक बर्षको अषाढ महीना सम्म पूलको सबै कार्य पूरा भै सकने समेत वाचा गरेको थियो। वाचा पश्चात पत्रकार सहनीले अनशन ताेडे पश्चात सबै नेता ले आफ्नो कानमा तेल हाली सूतेको थियाे।
बर्षौ देखि टिकुलिया र इशनाथ नगरपालिकाका जनताहरु भोग्दै आएको दुख कष्टलाई आत्मासथ गर्दै टिकुलिया र औरैया जाने लालबकैया नदीमा अलपत्र अवस्थामा रहेको अधुरो पुलको निर्माण पुनः संचालन गराएर समय मित्रै सम्पन्न गराउने लक्ष्य रहेको छ ।
नेपाल सरकारको अर्थ मन्त्री प्रकाशशरण महत र मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्री यादबको समन्वयबाट पुन टेन्डर स्वीकृत गर्ने गराउने निर्णय गराउन सफल भएको बताइएको छ ।
प्रदेश साँसद नागेन्द्र साहको अथक मेहनतको कारण प्रदेश सभापतिको इच्छाशक्ति र केन्द्रीय मन्त्रीको कत्र्तव्यपालनको कारण टिकुलियाबासीको बर्षौको सपना पुरा हुने भएका छन् ।
मधेस प्रदेश सरकारमा मन्त्री भए देखि जनताको कामकाजमा दिनरात जनताको भावना अनुरूप विकास मुखी कार्य गर्दै आएका मन्त्री यादब सक्रिय रहेको नेका मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।
तत्कालीन प्रधानमन्त्री एवम नेपाली कांग्रेस तत्कालीन सभापति सुशील कोईरालाले शिलान्यास गरेका थिए । पुल निर्माणको ४० प्रतिशत कार्य सम्पन्न गरेर पप्पु कन्ट्रक्सन निर्माण स्थलबाट वपत्ता भएको कारण पुल अलपत्र भएको थियो ।
बर्षौ देखि अलपत्र रहेका टिकुलिया घाटको पुल चाँडै निर्माण सुरु हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।