काठमाडाैं ।। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ हामी बिच रहनु भएन । उनको राति संघिय राजधानी स्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ ।संविधान सभाका अध्यक्ष एवं कम्युनिष्ट आन्दोलनका नेता नेम्वाङ आफनो निजी निवासको शौचालयमा बेहोस अवस्थामा फेला परेपछि घरपरिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा गएराति १.५० बजेको समयमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन (बुधवार वा बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेम्वाङका छोराहरू विदेश (बेलायत र अस्ट्रेलिया)मा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ ।
‘संविधानसभा अध्यक्ष नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि पर्यटनमन्त्री सुदन किराँतीले भने, ‘संविधान निर्माण प्रक्रियामा खेल्नुभएको भूमिकालाई सम्मान गर्दै उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’ साथै बैठकले नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय पनि गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here