काठमाडौँ ।। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको चुच्चे नक्साका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसद्बाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्सा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्साका बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे/नगरेको सम्बन्धमा सरकारलाई प्रश्नसमेत गरे ।
यदि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए । उनले भने, ‘संसद्बाट हाम्रो नक्सा पारित भइसकेपछि स्वभाविक रुपमा सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने नेपाल सरकारको कर्तव्य हुन्थ्यो। दायित्व हुन्थ्यो। त्यसअनुसार सबैलाई गराइयो गराइएन? त्यो गराइयो भने मौखिक मात्रै गराइयो कि लिखित रुपमा प्रश्तुत गर्ने काम भयो, भएन? पछि लेखेर पठाउने काम हुनसक्यो सकेन। के भएको हो पहिले तथ्य कुरा थाहा पाउनुपर्यो ।’
उनले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्याउन नसकेको बताए। अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समीक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुनेमा जोड दिए ।
Home मुख्य समाचार नेपालको चुच्चे नक्साका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्छः नेपाल
नेपालको चुच्चे नक्साका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्छः नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।