सर्लाही ।। सर्लाहीको सदरमुकाम मलंगवामा बुधवार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ ।
सामाजिक न्याय र आर्थिक सशक्तिकरण अभियान अन्तर्गत “मानव बेचबिखन निर्मुलन” मूल नारा सहित स्थानीय प्रहरी प्रशासन सहित विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुले मलंगवामा प्रभातफेरी निकालिएको छ ।
१७ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उक्त कार्यक्रम गरिएका थिए । मानव बेचबिखन एउटा भयाभय रुप लिदै गएपछि त्यसबाट जोगिनका लागि यस प्रकारका कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक नरेशराज सुवेदी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिह सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु जिल्ला समन्वय समितिको तीनबिघे मैदानबाट सुरु भएको प्रभातफेरि नगर परिक्रमा पश्चात सर्लाही जिल्ला अदालत अगाडी अएर कोण सभामा परिणत भयो ।
कोण सभालाई जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतले सम्वोधन गर्दे मानव बेचबिखन र यससँग जोडिएका अन्य अपराधलाई रोक्न सबैले समन्वय गरेर काम गर्नुपर्नैमा जोड दिए ।
सर्लाहीमा मानव बेचबिखन विरुद्धकाे राष्ट्रिय दिवस मनाइयो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।