रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले नडराइकन समय समय रगत दान गर्न आग्रह गरेका छन । आफ्नो शरीरमा भएको रगतले अरुको जीवन जोगाउन सकिने भएकोले बेला बेलामा रगत दिदैमा केहि समस्या नहुने भएकोले निर्धक्क रुपमा रक्तदान गर्नु पर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटले मंगलवार शाखा कार्यालयको सभाहल गौरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मेयर साहले नेपाल रेडक्रस सोसाइटी सामाजिक सस्था भएकोले आफुबाट व्यक्ति रुपमा हुने सम्मको सहयोग गर्ने प्रतिबद्धता गरे ।
रगतको आभावमा ज्यान गुमाउनु पर्ने अवस्था हेरेको बताउँदै आमाको लागि रगत दिदा पहिलो पटक डराएको स्मरण गर्दै मेयर साहले रगत दिए पछि कुनै किसिमको समस्या नभएको उल्लेख गरे ।
उनले रगत दिनु शरीरको लागि उपयोगी नै भएको रक्तदान गर्न अभियान जस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नेपाल रेडक्रस सोसाइटीको स्थापना विशुद्ध रुपमा मानव सेवा गर्नको लागि भएकोले कुनै जात धर्म वर्ग लिंग ,समुदाय तथा राजनितिक दलबाट प्रेरित भएर काम नगर्न आग्रह गरेका छन ।
विपदको बेलामा विपद व्यवस्थापन समिति संग सहकार्य गरी कार्य गर्न सुझाव दिदै प्रमुख जिल्ला अधिकारी मिश्रले सहकार्य गरी अघि बढ़न सुझाव दिए ।
जिल्ला सभापति राजकिशोर प्रसाद यादवको सभापतित्वमा संपन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका मधेश प्रदेश अध्यक्ष , पूर्व सभापति , सुरक्षा निकायका प्रमुख ,जिल्ला शाखाका पदाधिकारी , उपशाखाका प्रतिनिधि , विभिन्न उपसमितिहरुको प्रतिनिधि लगायत संचारकर्मीहरुको सहभागिता रहेको जिल्ला शाखाले जनाएको छ ।
रगत दानले अरुको जीवन बाच्ने भएकोले रगतदान गर्नु :- मेयर साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।