काठमाडौें ।। काठमाडौें महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस आफ्नो सामाजिक सञ्चाल फेसबुक पोस्ट हटाएका छन् ।
चौतर्फी आलोचना भएपछि धम्की सहितको पोस्ट बालेनले सोमबार बिहान मेटाएका हुन् ।
शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए । “आजको लागि केही भएन ,भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु,” शाहले धम्की दिंदै फेसबुक पेजमा लेखेका थिए, “याद राख चोर सरकार ।”
उक्त पोस्टलाई सोमबार बिहानसम्म करिब साढे चार लाखभन्दा धेरैले लाइक तथा रियाक्सन दिएका थिए भने लाखभन्दा बढी कमेन्ट र दशौं हजार प्रत्यक्ष रूपमा शेयर भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here