जनकपुर ।। सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा सञ्जीव यादव चयन भएका छन् ।
शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा बसेको युवा संघको पदाधिकारी बैठकले यादवलाई युवा संघको केन्द्रीय अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
आइतबार जसपा मधेश प्रदेशको पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकले सो प्रस्तावलाई अनुमोदन गरेर उनलाई निर्विरोध चयन गरेको हो । यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल युवक संगठनका संस्थापक सदस्य हुन् । फोरम नेपालबाट राजनीतिमा होमिएका अध्यक्ष यादव मधेशी किसान फोरमको महासचिव थिए । त्यसपछि युवा फोरमको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै जसपा गठनपछि समाजवादी युवा संघमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारी थिए । संघको पदाधिकारी बैठकबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
जसपाले मधेश प्रदेश समितिका आठ वटै जिल्लामा विस्तारित बैठकको आह्वान गरेको छ। अध्यक्ष उपेन्द्र यादव भने यतिवेला देशबाहिर छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here