सिरहा ।। सिरहा प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्ला बरहमपुरा वडा नं ३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेकाे जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
बिहीबार मध्यान्ह ३ बजेको समयमा भगवानपुर गाउँपालिका ४ ठाडी बस पार्क स्थितमा प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदलयात्री साह साहलाई चेकजाचँ गर्दा उनको नाइटोभन्दा मुनि कमरमा बाँधेको ५ केजी चाँदीसहित सेतो धातु फेला परेको हो।
बरामद भएको चाँदी ५ लाख मूल्य बराबरको रहेको र आवश्यक कारवाहीका लागि ठाडी भन्सार कार्यालय, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here