राैतहट ।। राैतहटकाे चन्द्रपुर– १ स्थित बागमतीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएकाे छ । चालकले ट्रक ब्याक गरेर मारेको भन्दै स्थानीयले राजमार्ग बन्द गरेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख १५०० नम्बरको मालवाहक ट्रकले स्थानीय विमलाकुमारी मगरलाई ठक्कर दिएपछि उनको घटनास्थलमै ज्यान गएको थियो ।
ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाइदिएका छन् । ट्रकमा लागेको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको दमकलमा समेत स्थानीयले तोडफोड गरेका छन्। स्थानीयले हानेको ढुंगाले दमकलको सिसा फुटेर दमकलचालक कुमार बस्नेतको आँखामा समेत चोट लागेको छ।
स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गरेपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ट्रकका चालक फरार रहेकाछन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












