काठमाडौं ।। बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खस्दा ज्यान जानेको संख्या ९ पुगेको छ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा १६ जनाको उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारी भने, ‘‘ दुर्घटनामा ९ जनाको शव भेटिएको छ। उद्धार जारी छ। अझै केही हराएका हुन् की भन्ने आशंका छ।’’ म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। प्रहरीले भन्यो, ‘‘बस नदीमा डुबेकाले केही यात्रु बगाएको आशंकामा गोताखोरको टोलीले खोजी गरिरहेको छ।’’ उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन्।
दुर्घटनामा घाइते भएकाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उपचार सम्भव नभएका केही घाइतेलाई काठमाडौं ल्याइएको छ।
साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here